नेशनल पावर न्यूज म्युजिक अवार्ड हुने

काठमाडौं,
पौष १३ ।

नेशनल पावर न्यूज म्युजिक अवार्ड हुने भएको छ । ‘नेपाली हुनुमा गर्व गरौं, नेपाली भाषा र संस्कृतिको जर्गेना गरौ’ भन्ने मुल नारा लिएर मिडिया एण्ड ईनटरटेनमेन्ट प्रा.लि.ले नेशनल पावर न्यूज म्यूजिक अवार्ड २०१८ गर्ने भएको हो ।

विभिन्न १३ विधालाई समावेश गरि गर्न लागिएको अवार्डमा मुलधारका गीत सङ्गीतका अलावा विभिन्न भाषा भाषीको गीतहरुको समेत सहभागिता रहने आयोजकले जनाएको छ ।

सन् २०१५, जनवरी १ देखी २०१७ डिसेम्वर ३१ सम्म रेकर्ड भएका वा वजारमा आएका नेवारी, देउडा, मैथली/ भोजपुरी, शेर्पा, तामाङ, लिम्वु, राई, थारु, गुरुङ, मारवाडी भाषालाई अवार्डमा सहभागी गराईने छ भने मुलधारका गीत सङ्गीतहरुमा सन् २०१७, जनवरी १ देखी २०१७ डिसेम्वर ३१ सम्म रेकर्ड भएका वा बजारमा आएका चलचित्र, आधुनिक/पप र लोकदोहरी गीतलाई समावेश गरिने बताइएको छ ।

ईसेवा मार्फत आवेदकहरुले अवार्डका लागी आफ्ना गीतहरुको आवेदन दिन सक्नेछन् भने कार्यलयमै उपस्थित भएर पनि आवेदन दिन सकिने आयोजक समितिका व्यवस्थापक राजन थापाले वताए ।

नेपाली गीत सङ्गीतको क्षेत्रमा यो नौलो प्रयोग सहतिको कार्यक्रम भएकाले यस कार्यक्रममा सर्जक तथा स्रष्टाहरुको उल्लेखनिय सहभागिता रहनेकुरामा आफु विश्वस्त रहेको आयोजक समितिका संयोजक कमला जोशीले वताईन् ।

चलचित्र, आधुनिक/पप र लोकदोहोरी गीतका लागी उत्कृष्ट गीतकार, सङ्गीतकार र गायक/गायिका रहनेछन्, अन्य विभिन्न भाषा भाषीका गीतहरुका हकमा भने उत्कृष्ट गीतको रुपमा भाषा पिच्छेका गीतलाई अवार्ड दिईनेछ । साथै भाषा भाषीको गीतका सर्जकहरुको प्रोत्साहनका लागी अवार्डमा मनोनयनमा परेका गीतकार, सङ्गीतकार, गायका/गायिकाहरुलाई प्रशंसा पत्र प्रदान गरिने आयोजक समितिका अध्यक्ष माधव राज खरेलले वताए ।

फारमको लागी :-  https://award.esewa.com.np

यसमा तपाइको मत

अन्य समाचार