काठमाडौंमा बम विस्फोट, गगन थापा घाइते

काठमाडौं,
मंसिर १८ ।

काठमाडौंको चपलीमा बम विस्फोट भएको छ । काठमाडौं ४ का उम्मेदवार गगन थापा बुढानीलकण्ठ नगरपालिका २ स्थित चपलीमा घरदौलोमा रहेका बेला विस्फोट भएको हो । विस्फोट कांग्रेस उम्मेदवार गगन थापा घाइते भएका छन् ।

थापाको कान र ढाडमा चोट लागेको छ । उनलाई बमको छर्रा लागेको हो । यद्यपि उनको चोट सामान्य छ । विस्फोटमा थापासहित १० जना घाइते भएका छन् । उनीहरु मध्ये दुई जनाको अवस्था गम्भीर छ । थापासहित सबै घाइतेको शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ । विस्फोट कसले गरायो भन्ने खुलेको छैन ।

यसमा तपाइको मत

अन्य समाचार