पूर्वमन्त्री राजलाल यादवमाथि गोली प्रहार

सिराहा,
मंसिर १५ ।

पूर्वमन्त्री राजलाल यादवमाथि गोली प्रहार भएको छ । संघीय समाजवादी फोरम नेपालबाट सिरहा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार यादवलाई घरदैलो सकेर फर्कदै गर्दा गोली प्रहार गरिएको हो ।

लहानबाट घरदैलो सकी राति ७ बजे भगवतीपुर हुँदै आफ्नो गाउँ नहरा जाँदै गरेको अवस्थामा भगवतीपुर गाउँको सरेहमा दुई राउन्ड गोली हानेको यादवले जनाएका छन् । गोली प्रहारबाट पूर्वमन्त्री यादव मुस्किलले बचेका छन् ।

गाडी तीब्र गतिमा भएकोले गोली प्रकार गर्नेको निशाना चुकेको बताइएको छ । गोली गाडीको पछाडिको बायाँपट्टीको झ्यालमा लागेर सिसा फुटेको छ ।

यसमा तपाइको मत

अन्य समाचार