वान वल्र्ड ग्राण्ड प्रिक्स अवार्ड–२०१७ पवन चामलिङलाई

 

  • कृष्ण भुसाल

भारतको बाईसौं राज्य सिक्किम उच्च हिमाली प्रदेशमा अवस्थित छ । प्राकृतिक स्रोत र सम्पदाले धनी यो राज्य जैविक विविधताको उदाहरणीय सङ्गम मानिन्छ । भोटे, लाप्चे र नेपालीको बाहुल्य भएको यो राज्यमा अन्य जात–जाति, भाषा, संस्कृति र धर्मावलम्बीहरुको पनि उत्तिकै स्थान छ । यो राज्यले जैविक क्रान्ति, हरित क्रान्ति, कृषि क्रान्ति र पवित्र क्रान्ति गरेर आफूप्रति विश्वकै ध्यानाकर्षण गरेको छ । यसका मर्यादापालकका रुपमा सम्माननीय मुख्यमन्त्री श्री पवन चामलिङ विश्व रङ्गमञ्चमा एक उदाहरणीय व्यक्तित्व बनेर उदाउनुभएको छ ।

गर्जमान गुरुङले व्यक्त गर्नुभएजस्तै ‘भारतीय उपमहाद्वीपमा सिक्किम राज्य सानो छ । तर, विशिष्ट सम्पदाहरुले समृद्ध छ यो । साहित्य, संस्कृति, कला, दर्शन, चिन्तन र अनुपम प्राकृतिक सम्पदाहरुले पनि धनी छ यो । भोटे, लाप्चे, नेपालीको सङ्गमस्थल सिक्किममा विभिन्न जात–जातिहरु छन् । भाषाभाषीहरु छन् । धर्म, परम्परा र संस्कृति छन् । जहाँ शान्ति, सद्भाव, मेलमिलाप, भ्रातृत्व र साँस्कृतिक सहिष्णुताहरु छन् ।’

छापाहरुमा पवन चामलिङमाथि भनिएको छ– चामलिङ पचास वर्षपछिको समाजलाई परिकल्पना गरेर आफ्ना रणनीति र कार्ययोजना तयार गर्नुहुन्छ । उहाँ राजा भर्तृहरिजस्तै कवि पनि । सन्त पुरुष पनि । कवि र सन्त योगहरुले निर्मित उहाँको राजनेता व्यक्तित्व, भारतभरका अन्य मुख्यमन्त्रीहरुभन्दा धेरै पृथक छ । जुन विन्दुमा पुगेर एउटा गन्तव्य पूर्ण हुन्छ, त्यसै विन्दुबाट दोस्रो गन्तव्य थाल्नुपर्ने कुरामा सचेत हुनुहुन्छ उहाँ । ‘आत्मविश्वास, स्वशासन र चैतन्य जागरणका अभियानहरु’ उहाँका मिसन लक्षणहरु हुन् । उहाँ जर्मी बेन्थम प्रकृतिको व्यक्ति । उहाँ व्यक्तिभन्दा माथि उठेको, हिँड्दै गरेको पथिक, एक योद्धा, एक विषय धारक (क्गदवभअत दभबचभच) पनि ।

आफ्नो सत्यवादिताको आद्यविश्वासमा केन्द्रित । श्रीचामलिङलाई विश्व दृष्टिवादमा पनि अथ्र्याउन सकिन्छ । उहाँले त्यसैले प्राविधिक चेतनाको विषयमा राखेर हेर्नुभएको छ, देश र भूगोलको संस्कृतिलाई, जहाँ सबै सभ्य र मर्यादित भएर बाँच्ने चेष्टा गर्छन् ।

जुन राजनीति र राजधर्मको सौन्दर्य (पवित्रता) छ, ती राजधर्मका ज्ञाताले मात्र कबुल गर्न सक्छन्, जसलाई आफ्नो देश र भूगोलको गरिमा कायम गर्ने चेत हुन्छ । चामलिङ राजधर्ममा ती चेतहरु सुरक्षित छन् ।

छापामा भनिएजस्तै पवन चामलिङको आदर्श र व्यवहारलाई मूर्त रुपमा अध्ययन गरेर जर्मनीको लिगाउस्थित रापुञ्जेलले सन् २०१७को सेप्टेम्बर ८ तारिखका दिन उहाँलाई एक भव्य र विशिष्ट समारोहका बीच ‘वान वल्र्ड ग्राण्ड प्रिक्स अवार्ड–२०१७’ले (२५ हजार युरो र वान वल्र्ड अवार्ड पदकसहित) सम्मानित गरेको छ । यो विश्वस्तरको महत्वपूर्ण अन्तर्राष्ट्रिय पुरस्कार पवन चामलिङको जैविक क्रान्तिको उपलब्धिलाई अत्मसात गरेर प्रदान गरिएको हो ।

स्मरणीय छ, यो पुरस्कार पर्यावरण, अर्थतन्त्र, सामाजिक क्षेत्रमा नवान्वेशी विकाससहित उल्लेखनीय उपलब्धि गर्ने व्यक्ति, योजना र पहल आदिका लागि प्रदान गरिने परम्पराअनुरुप चामलिङको बहुआयामिक व्यक्तित्व र कृतिमा केन्द्रित भएर उहाँलाई वान वल्र्ड ग्राण्ड प्रिक्स अवार्डद्वारा सम्मानित गरिएको हो । चामलिङको साहित्य र दर्शनका व्याख्याकार साहित्यकार महेश प्रसाईं भन्नुहुन्छ, ‘यो वान वल्र्ड ग्राण्ड प्रिक्स अवार्डबाट पवन चामलिङमात्र सम्मानित हुनुभएको होइन, सिक्किम राज्य, भारतीय नेपाली, नेपालका नेपाली र जर्मनी तथा रापुञ्जेल नै सम्मानित भएको छ ।’

पुरस्कार वितरण समारोहमा उहाँकी धर्मपत्नी श्रीमती टीकामाया चामलिङ, जो सामाजिक जनजागरणकी एक मुख्य अभियन्ता पनि हुनुहुन्छ, उहाँसहित कृषि र वागवानी विकास मन्त्री श्री सोमनाथ पौड्याल, विभागका सचिव खोर्लो भोटियाको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार