धुर्मुस-सुन्तलीको अबको योजना ‘नमुना नेपाल’ (भिडियो)

 

काठमाडौं,
ज्येष्ठ २२ ।

भूकम्प पीडितका लागि र मुसहर बस्ती बनाएका हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)ले ‘नमुना नेपाल’ बनाउँने भएका छन् । तीन चरणको एकीकृत नमुना बस्ती निर्माण हस्तान्तरण गरेर आफूलाई समाजसेवामा अग्रस्थानमा उभ्याउन सफल धुर्मुस सुन्तलीले नमुना नेपालको अवधारणा सार्वजनिक गरेका छन् ।

सोमाबार राजधानीको बबरमहल स्थित कार्की ब्याङ्केटमा आयोजित एक कार्यक्रममा नमुना नेपालको अवधारणा सार्वजनिक गरिएको छ । बरिष्ठ हास्य कलाकार मनकृष्ण श्रेष्ठ, किरण केसी, शिबहरी पौडेल, निर्माल शर्मा (गैडा), हाँस्य कलाकार कुमार कट्टेल, अर्जुन घिमिरे, गायक प्रमोद खरेल लगायत कलाक्षेत्र लगायत बिभिन्न क्षेत्रका गन्यमान्य ब्यक्तित्वहरुको उपस्थिती रहेको कार्यक्रममा भिडियो मार्फत तयार पारिएको नमुना नेपाल समेत देखाइएको थियो ।


कार्यक्रममा ‘तराई, पहाड र हिमालका सबै जात जाती, धर्म संस्कृती, भेषभुषा समेटिने गरेर नमुना नेपाल अवधारणा अगाडि ल्याएको’ सिताराम कट्टेल (धुमर्सले) भने । उनले सरकारलाई सघाउनकै लागि आफुहरुले नमुना नेपाल अवधारणा ल्याएको बताउँदै सरकारको साथ सहयोग नभएपनि नमुना नेपालको अवधारण पुरा गरेर छोड्ने बताए ।

आफुहरुले बनाउन लागेको नमुना नेपालबाट बिश्वलाई नेपालको बारेमा बुझ्न सजिलो हुने बिचार अगाडि सादै उनले पर्यन बिकाशका लागि आफ्नो नमुना नेपालले सहयोग गर्ने बताए ।

नमुना नेपालका लागि करिब ५ अर्ब बजेट अनुमानित गरेको सुनाउँदै उनले जापान, अमेरिका, चाइना कुनै रोर्बट र एलियनले नभई त्यहीका जनताको सिप, श्रम र पसिनाले बनेको उल्लेख गर्दै इच्छाशक्ति, दृढसंकल्प र इमान्दारीता भए विकसीत नेपाल बनाउन धेरै समय नलाग्ने बताए ।

‘यो मैले केही बर्ष अगाडि देखेको सपना हो । अहिले, यो सपना साकार हुँदै गएको महशुश गरेकी छु ।’ कार्यक्रममा स्वागत मन्तव्य राख्दै ‘धुर्मुस–सुन्तली’ फाउन्डेशनकी सदस्य कुञ्जना घिमिरेले भनिन् ।

यसमा तपाइको मत

अन्य समाचार