नायिका सारिका घिमिरे


अभिनय भन्ने कुरा सिकेर होइन भित्रैदेखि आउनुपर्छ भन्ने मान्यता राख्ने सारिका घिमिरेले चलचित्र ‘हत्याकाण्ड’बाट ठूलो पर्दामा होमिएकी हुन् । ०६५ सालदेखि नेपाली कलाक्षेत्रमा रहेकी उनले रक्षा, आगो–२, रक्तभोग, स्टुडेन्ट, परिणाम, सुनामी, जीवन काँडा कि फूल जस्ता दर्जनौ चलचित्रमा अभिनय गरेकी छन् । पूर्वको सुन्दर नगरी इटहरीमा बुबा टंकप्रसाद घिमिरे र माता रमा घिमिरेका तीन सन्तानमध्ये जेयष्ठ पुत्री उनका एक भाइ र एक बहिनी छन् । गीत लेखन, सङ्गीत र गायनमा समेत आफूलाई उपस्थिति गराउँदै आएकी उलने छिट्टै नै एकल गीति एल्वम ल्याउने तयारीमा छिन् । दर्जनौ म्युजिक भिडियोहरुमा पनि देखिने उनलाई विभिन्न विज्ञापनमा पनि देखिन्छ ।

यसमा तपाइको मत

अन्य समाचार